Butwal Today

एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।

नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

रुपन्देहीका युवाहरुमाझ लोकप्रिय रानाले विगत ३ दशक लामो समय एमालेका विभिन्न कमिटीमा रहेर काम गरेको अनुभव छ । महाधिवेशन प्रतिनिधि छनोटका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट सर्वाधिक मतसहित निर्वाचित भएका रानाले युवा नतृत्वलाई जोड दिँदै आएका छन् ।

विभिन्न समयमा रुपन्देहीमा हुने युवा आन्दोलनलाई नेतृत्व तथा सहयोग गर्दै आएका राना यहाँका सफल पर्यटन व्यवसायीका रुपमा समेत परिचित छन् । युवाहरुलाई उत्पादनसँग जोड्दै आत्मनिर्भर बनाउनु पर्छ भन्ने मान्यता राख्दै आएका उनी युवामाझ आदर्श र लोकप्रिय व्यक्तित्वका रुपमा परिचय बनाएका छन् ।

हाल एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य रहेका राना युवा र पार्टी नेतृत्व बीच समन्वयकारी भूमिकामा सफल रहँदै आएका छन् ।

उनीसँगै राजनीतिक यात्रा सुरु गरेका विभिन्न व्यक्तिहरु पटक-पटक लाभको पदमा पुगेर जिम्मेवारी सम्हाले पनि उनले भने हालसम्म कुनै लाभको पदमा नरही काम गरेका कारण रुपन्देहीको निश्कलंक व्यक्तिको रुपमा परिचय स्थापित गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?