बुटवल ।
नेपालमा दुई–पाङ्ग्रे सवारीसाधन प्रेमीहरूबीच यामाहाको लोकप्रियता निरन्तर बढ्दो छ। यही क्रमलाई अघि बढाउँदै बुटवलको कालिकानगरमा नेपालकै अत्याधुनिक र सुविधा सम्पन्न ‘ब्लु स्क्वायर’ शोरूम सञ्चालनमा आएको छ। यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालका आधिकारिक बिक्रेता बाइकर्ज बुटवल प्रा.लीले बुधबार औपचारिक रूपमा शोरूम उद्घाटन गरी सेवा सुरु गरेको हो।
उद्घाटन कार्यक्रम एमएब्ल्यू ग्रुप कम्पनीका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल तथा यामाहा मोटर्स इण्डियाका निर्देशक हिरोस सेतगावा शानले संयुक्त रूपमा उद्धघाटन गरेका छन्। यो शोरूम नेपालभरका ५ वटा व्लु स्कवायर मध्येकै एउटा ठूलो, अत्याधुनिक र ग्राहकमैत्री शोरुम भएको उनीहरूको भनाइ छ।
उनीहरुका अनुसार यामाहाको विश्वव्यापी नयाँ अवधारणा “ब्लु स्क्वायर”लाई अवलम्बन गरी शोरूम सञ्चालनमा ल्याइएको हो।
यामाहाको ग्लोबल मोटरस्पोर्ट्स लिगेसीलाई आत्मसात् गर्दै युवा राइडरले आफ्नो राइडिङप्रतिको उत्साह र चाहना हरेक कुनाबाट अनुभव गर्न सक्ने ‘अनुभूतिको केन्द्र’को रूपमा यसलाई निर्माण गरिएको बाइकर्ज बुटवलका सञ्चालक पुरन अधिकारीले बताए। उनका अनुसार “ब्लु” अर्थात् नीलो रंगले यामाहाको रेसिङ डीएनएलाई झल्काउँछ भने “स्क्वायर”ले वान–स्टप खरिद सेवालाई जनाउँछ। यस शोरूममा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसरिज र एपेरल एकै ठाउँमा सहज रूपमा प्राप्त गर्न सक्छन्। साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत् क्यूआर कोड स्क्यान गरी सेवन लिन सकिन्छ । स्थापना कालदेखि नै ग्राहक सुविधालाई सर्वोच्च प्राथमिकता दिएको यामाहाले ‘ब्लु स्क्वायर’ मार्फत् यो अनुभव अझ उचाइमा पुर्याएको अधिकारीले बताए।
बुटवलको कालिकानगरमा रहेको शोरूम र सर्भिस सेन्टर एउटै भवनभित्र सुव्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको छ। सञ्चालक अधिकारीका अनुसार यामाहा ब्लु स्क्वायर व्यापारिक कार्यक्रम मात्र नभई राइडरहरूको नयाँ अनुभव हुनेछ। एमएब्ल्यू राइड्स अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले आफ्ना ब्रान्ड मूल्य “एक्सट्रिम स्टाइल परफर्मेन्स” लाई थप मजबुत पार्दै आएको उनले बताए ।
अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दक्ष सर्भिस सिस्टमका कारण यामाहा नेपाल देशभरका सबैभन्दा भरपर्दा र विश्वसनीय दुई–पाङ्ग्रे सवारीसाधन ब्रान्डमध्ये एकका रूपमा स्थापित हुँदा आएको छ।