Butwal Today

सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो

२५ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य तोलाको २ लाख ५२ हजार १ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको आजको मूल्य अहिलेसम्मकै उच्च हो ।

हिजो चाँदी तोलाको ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।