© २०२३
काठमाडौँ ।
इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये ७ पुरुष र १५ महिला रहेको जनाइएको छ ।
मध्य जाकार्तामा अवस्थित सात तले भवनमा हिजो आगलागी भएको हो । स्थानीय प्रहरीका अनुसार भवनको पहिलो तलामा भएको ब्याट्री विस्फोटका कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।
उद्धारकर्मीहरूका अनुसार धेरैजसोको मृत्यु धुँवाले निसास्सिएर भएको पाइएको छ । यसबारे उल्लेख गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले उद्धृत गरेका छन् ।आगलागी भएको भवनमा ड्रोन निर्माण गर्ने कम्पनी रहेको र सो कम्पनीले ड्रोनका लागि लिथियम ब्याट्री उत्पादन गर्दै आएको बताइएको छ ।
आगो नियन्त्रणका लागि २९ वटा दमकलका सवारी साधन तथा एक सयभन्दा बढी दमकलकर्मी परिचालन गरिएको थियो ।