Butwal Today

एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो

२४ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २४ मंसिर ।

नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम सूची टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको निर्णय गरेको हो ।

एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका अनुसार, महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी कुल २१५४ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । त्यस्तै, केन्द्रीय सल्लाहकार परिषदका ३०९ सदस्यहरूको पनि महाधिवेशनमा सहभागिता रहनेछ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुने कार्यक्रम तय गरिएको छ ।