© २०२३
बुटवल, २४ मंसिर ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको अभियोगमा पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले पक्राउ गरेको हो ।
उनकी श्रीमतीले दिएको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
एसपी क्षेत्रीका अनुसार, “मुद्दा परेपछि उहाँ स्वयं हिजो साँझ उपस्थित हुनुभएको थियो। उहाँलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको छ ।” नेपालमाथि तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान जारी रहेको उनले बताए ।
नेपालकी दोस्रो श्रीमतीको खोजी कार्य भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।