ट्रेंडिंग:

>> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु

हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

काठमान्डौ, २४ मंसिर ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको परमादेशपछि पुनर्बहाली भएको बाँकी कार्यकाल सरकारसँग समन्वयमा रहेर प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार प्राधिकरण पुगेपछि कार्यभार सम्हाल्दै उनले भने, “मेरो कार्यकाल साढे तीन वर्ष बाँकी छ । यो अवधिमा प्राधिकरणलाई उत्कृष्ट नतिजातर्फ उन्मुख बनाउँदै सरकारसँग मिलेर काम गर्नेछु ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कुनै प्रक्रिया नअपनाई आफूलाई हटाएको निर्णय अदालतले बदर गरिदिएपछि शाक्य पुनः पदस्थापित भएका हुन् । कार्यभार ग्रहण समारोहमा उनले दिगो र भरपर्दो विद्युत् सेवा विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा रहने बताए । “प्राधिकरणले विगतमा आफ्नै तर्फबाट विद्युत् उत्पादनमा खासै लगानी गरेन । अबका दिनमा प्राधिकरण आफैले पनि उत्पादनमा सक्रिय भूमिका बढाउनेछ,” उनले भने ।

प्राधिकरणको नेतृत्वका कारण बारम्बार आक्रमणमा परे पनि आफू नआत्तिएको बताउँदै शाक्यले प्राधिकरणमा तीन दशकभन्दा बढी समय निश्वार्थ सेवा गरेको स्मरण गरे । “म निरन्तर प्राधिकरण र देशको सेवामा समर्पित रहनेछु,” उनले भने । अदालतले यसपटक समयमै छिनोफानो गरेकामा उनले कृतज्ञता व्यक्त गरे ।

उनका अनुसार, अघिल्लो कार्यकालमा मुद्दाको सुनुवाइ पटक–पटक सरिँदा आफू अन्यायमा परेको अनुभूति भएको थियो । “करिब ३५ पटक पेसी सारियो । म कहिल्यै आफ्नो पक्षमा फैसला मागेको थिइनँ, समयमै न्यायिक प्रक्रिया अघि बढ्नुपर्छ मात्र भनेको थिएँ । यसपटक भने अदालतले समयमै सुनुवाइ गरिदियो र म न्याय पाउन सफल भएँ,” शाक्यले सम्झे ।

गत असोज ५ गते मन्त्रिपरिषद्ले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सो निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालतले सोमबार उक्त निर्णय खारेज गर्दै शाक्यको पुनर्बहालीको आदेश दिएको थियो । आदेश प्राधिकरणमा मंगलबार पुगेपछि शाक्यले बुधबार कार्यालयमा हाजिरी दिए ।

जेनजी आन्दोलनको प्रभावमा ऊर्जा मन्त्री बनेपछि कुलमान घिसिङले आफूलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र स्वेच्छाचारी ढंगले पदबाट हटाएको शाक्यको दाबीसमेत सर्वोच्चले सम्बोधन गर्दै परमादेश जारी गरेको हो । न्यायाधीशद्वय डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशपछि अब शाक्य आफ्नो बाँकी कार्यकाल पूरा गर्न सक्षम हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?