ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा 

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

पाल्पा, २३ मंसिर ।

१६ वटा विभिन्न पार्टी तथा समूहहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले मंगलबार तानसेनमा भव्य एकता सन्देश सभा सम्पन्न गरेको छ। नेता तथा कार्यकर्तासहित हजारौँ जनताको सहभागिता रहेको उक्त कार्यक्रममा पार्टी एकताको सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता प्रकाश ज्वालाले कांग्रेस–एमाले गठबन्धनबाट निर्माण भएको दुई तिहाइको सरकारले अहंकार, घमण्ड, भ्रष्टाचार र कुशासन बढाएको आरोप लगाए। उनले अन्याय–अत्याचार चरम अवस्थामा पुगेका कारण जनविद्रोह जन्मिएको बताउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली स्कुले विद्यार्थी हत्याकाण्डका जिम्मेवार रहेको र उहाँमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिए।

नेता ज्वालाले आगामी मंसिर २७ देखि २९ मा हुने एमालेको ११औँ महाधिवेशनपछि “कित ओली पराजित हुन्छन्, कित एमाले फुट्छ” भन्दै दुवै सम्भावना एमालेभित्र रहेको दाबी गरे। उनले टुक्रिएको एमाले अन्ततः नेपाली कम्युनिष्ट पार्टीमै एकीकृत हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, एकता सभामा सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पुर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले देशमा ठूलो संख्यामा कम्युनिष्ट विचारधारा मान्ने नागरिक रहेको उल्लेख गर्दै सबै कम्युनिष्ट धाराहरू एउटै पार्टीमा समावेश भई राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए। उनले देशमा अझै संकट नहटेको र जुनसुकै बेला अप्रत्याशित राजनीतिक घटना हुन सक्ने औंल्याउँदै जनविद्रोहका मागलाई सम्बोधन गर्ने गरी राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा पाल्पाका १० वटै स्थानीय तहबाट आएका नेता तथा कार्यकर्ताहरू तानसेनको टुडिखेलबाट पञ्चेबाजा र नाराबाजीसहित जुलुस निकाल्दै नगरपरिक्रमा गरी अन्ततः एकता सन्देश सभामा सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?