© २०२३
काठमाडौं, २३ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका छन् ।
विराटनगरले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । शंकर रानाको स्थानमा आज नारायण जोशी पहिलो रोजाइमा खेल्दैछन् । सुदूरपश्चिमले अघिल्लो खेलबाट पाँच परिवर्तन गरेको छ । पुनित मेहरा, ध्रुव पराशर, जोश ब्राउन, हिक्मत महरा र दीपक बोहरा बाहिर भएका छन् भने शेल्डन ज्याक्सन, मुख्तार अहमद, स्कट कुग्लेइन, हेमन्त धामी र मिलन बोहरा खेलमा आएका छन् ।
लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए । यसै कारण पहिलो क्वालिफायरमा यी दुई टोली भिड्ने भएका हुन् । आजको जितेता टोली फाइनल प्रवेश गर्नेछ ।
यी दुई टोली शनिबार मात्र लिग चरणको आफ्नो अन्तिम खेलमा एकअर्कासँग भिडेका थिए । त्यस खेलमा विराटनगरले सुदूरपश्चिममाथि प्रभावशाली जीत हासिल गरेको थियो ।
पहिलो संस्करणमा भने सुदूरपश्चिमले विराटनगरमाथि ९० रनको शानदार जीत हासिल गरेको थियो । १८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमा अलआउट भएको थियो ।