© २०२३
काठमान्डौ, २३ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राजनीतिक समझदारीको आवश्यकता औंल्याउँदै काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको छ ।
पार्टीले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दु राज्यका रूपमा घोषित गर्नुपर्ने मागसहित जनदबाब कार्यक्रम र वृहत् सभाको आयोजना गरेको हो । राप्रपाका अनुसार राजनीतिक दलहरू र नागरिक समाजबीच नवीन समझदारी निर्माण गर्न दबाब दिने उद्देश्यले जनप्रदर्शन गरिएको हो ।
शान्तिबाटिकामा आयोजित सभामा पार्टीका शीर्ष नेताहरूले वर्तमान राजनीतिक व्यवस्थाले जनअपेक्षा पूरा गर्न नसकेकाले वैकल्पिक व्यवस्था आवश्यक रहेको धारणा राखे ।