© २०२३
बुटवल, २२ मंसिर ।
सघन सहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव घुस प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलाशले सोमबार यादवलाई दोषी ठहर गर्दै सजायँ निर्धारणका लागि यही मंसिर २८ गते पेशी तोकेको छ ।
अदालतले आदेशमा निज प्रतिवादीलाई फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, २०७४ को दफा ८ र ९ बमोजिम सजाय निर्धारण हुने र यसका लागि छुट्टै सुनुवाई गर्नुपर्ने निर्णय सुनाएको हो । सोही प्रकरणमा जोडिएका हरिहर भण्डारीको हकमा भने मागदावी नपुग्ने ठहर विशेष अदालतले गरेको छ ।
अभियुक्त यादवलाई अख्तियारको टोलीले गत जेठ ३ गते घुसरकमसहित पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई रु. ५ लाख ७० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचना एवं उजुरीका आधारमा उनलाई जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. १, लोकन्थलीबाट नियन्त्रणमा लिइएको थियो । यसको शीर्षक के हुन सक्छ