Butwal Today

सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २१ मंसिर ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका समयमा क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने भएकी छन् ।

उनी आइतबार दिउँसो सिंहदरबार पुगेर क्षति भएका भवनहरूमाथि स्थलगत अध्ययन गर्ने कार्यक्रम तय भएको हो ।

पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनका क्रममा प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको उनको नजिकका स्रोतले जानकारी दिएको छ ।

‘सिंहदरबारमा आगजनीपछि क्षति भएका संरचनाको अवलोकनका लागि उहाँ जान लाग्नुभएको हो,’ स्रोतले भन्यो, ‘सो क्रममा उहाँले प्रधानमन्त्री कार्कीसँग पनि भेट्ने कार्यक्रम छ ।’