© २०२३
काठमान्डौ, २१ मंसिर ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीको आगामी ११औँ महाधिवेशनमा प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि छनोटमा ‘पाखुरा सुर्कने’ प्रवृत्ति देखिएको भन्दै उनले यस्तो घातक संस्कारलाई बढ्न दिन नहुने बताएका छन् ।
नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव साट्दै एमालेको महाधिवेशनमा नीति–विचारका बहसहरू सधैं चर्किँदै आएको स्मरण गरेका छन् । उनले चौथो महाधिवेशनमा विशेष कार्यक्रम सफल पार्न इलाका यूथ लिग (वाईएल) ले बदाम, मकै र शिला खोजेर सहयोग पठाएको उदाहरण समेत उल्लेख गरेका छन् ।
उनका अनुसार, त्यसपछि पाचौँ महाधिवेशनदेखि आजसम्म (सातौँ बाहेक) प्रतिनिधि रूपमा सहभागी हुने अवसर पाएका छन् । उनले महाधिवेशनमा वैचारिक बहसको परम्परा रहँदै आएको भए पनि अहिले प्रतिनिधि छनोटमा ‘पाखुरा सुर्केको’ प्रवृत्ति देखिनुलाई घातक संस्कार भनेका छन् ।