© 2026
पाल्पा, २० मङ्सिर ।
तिनाउ गाउँपालिका भित्र रहेका नौ वटा माध्यमिक विद्यालयमा गठित ईको शिक्षक र ईको क्लबका विद्यार्थीसँग वन, वातावरण र जैविक विविधता संरक्षणका लागि ईको क्लबको भूमिका विषयमा छलफल गरिएको छ ।
सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले ईको क्लव गठनको उद्देश्य, क्लबको जिम्मेवारी, ईको शिक्षकको भूमिका र समन्वय समितिको समन्वय एवम् सहकार्यका सम्बन्धमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा संरक्षणकर्मी लेखक, पत्रकार ददि सापकोटासँग वन, वातावरण र जैविक विविधता संरक्षणमा ईको क्लबको भूमिका विषयमा छलफल तथा अन्तर्क्रिया गरेका छन् । उनले वनको संरक्षण मात्र होइन सदुपयोग गर्न समेत समूहहरू क्रियाशील हुनुपर्नेमा जोड दिए । सापकोटाले वन्यजन्तुको गुण, विशेषता, प्रभावका बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए ।
ईको शिक्षक रुद्र जीसी, माधव पौडेल, देवी जीसी, अनिता गाहालगायतले बोलेका थिए । सामुदायिक वन समन्वय समिति, तिनाउको आयोजना र डिभिजन वन कार्यालय, पाल्पाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमको संयोजन समन्वय समितिका सदस्य विकास अर्यालले गरेका थिए ।