ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?

१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार

नेपालको संविधानले न्याय सम्पादनको अधिकार तीन तहका अदालतलाई दिइएको भए तापनि संविधान र कानून बमोजिम केही न्यायिक अधिकार स्थानीय तहलाई पनि दिएको छ । स्थानिय तहबाट छिटो छरितो न्याय प्रदान गर्नकै लागि नेपालको संविधान,२०७२ ले धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरेको छ । जसको उपधारा १ मा कानूनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक स्थानीय तहको उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था गरिएको छ ।

यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमका क्षेत्राधिकार दिइएको छ । पारिवारिक, समाज तथा छरछिमेकमा परिरहने सामान्य किसिमका विवाद निरूपणको जिम्मा स्थानीय तहको न्यायिक समितिलाई छ । प्रत्येक गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति हुन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिले आलीधुर, बाँधपैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग, बाली नोक्सानी गरेको, चरन, घाँस, दाउरा, ज्याला–मजदूरी नदिएको, घरपालुवा पशुपक्षी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी वा पति–पत्नीलाई इज्जत आमद अनुसार खानलाउन वा शिक्षादीक्षा नदिएको, वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घरबहाल र बहाल सुविधा, अरूको घरजग्गा वा सम्पत्तिलाई असर पर्नेगरी रूखबिरुवा लगाएको, बलेसीबाट अर्काको घरजग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, घर बनाउँदा कानूनबमोजिम छोड्नुपर्ने परिमाणको जग्गा नछोडी बनाएकोलगायतका विवादको निरूपण गर्ने अधिकार स्थानीय न्यायिक समितिलाई छ ।

त्यसैगरी, कसैको हक वा स्वामित्वमा भएपनि परापूर्वकालदेखि सार्वजनिकरूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटीपौवा, अन्त्येष्टिस्थल, धार्मिकस्थल वा अन्य कुनै सार्वजनिकस्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको, सङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेकोलगायतका विवादको सुनुवाइ न्यायिक समितिले गर्न पाउँछ । सरकारी सार्वजनिक वा सामुदायिकबाहेक एकाको हकको जग्गा अर्कोले मिची खाएको, अरूको जग्गामा घर वा कुनै संरचना बनाएको, पतिपत्नीबीचको सम्बन्धविच्छेद, अङ्गभङ्गबाहेक बढीमा एक वर्षसम्म कैद हुन सक्ने, कुटपिट, गाली–बेइज्जती, लुटपिट, पशुपक्षी छाडेको वा लापरबाही गरी पालेर अरूलाई असर पुर्याएको, अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको, ध्वनि प्रदूषण गरी वा फोहरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको, कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्तिवादी भई दायर भएका र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवादलाई न्यायिक समितिले मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्न सकिन्छ । यस्ता मुद्दामा न्यायिक समितिले हारजितको फैसला सुनाउन भने पाउँदैन ।

न्यायिक एकाइमा पर्न आउने सबै प्रकृतिका मुद्दाको कारबाई किनारा गर्ने समय, विधि र प्रक्रियाहरू छन् । प्रहरी र अदालतमा पर्ने अधिकांश मुद्दा उल्लिखित प्रकृतिका हुन् । यसलाई स्थानीय न्यायिक एकाइमा नै सुनुवाइ भएमा अदालतमा मुद्दाको चाप घट्नुका साथै पीडितले सहजरूपमा न्याय पाउनेछन् । त्यसको निम्ति न्यायिक एकाइका पदाधिकारीहरूमा दक्षता, कानूनी सल्लहाकार, दक्ष जनशक्ति, इजलास र स्रोत साधन हुनुपर्छ । अधिकांश पालिकाले नै न्यायिक एकाइबारे राम्रोसँग बुझेका छैनन् । तसर्थ पहिले पालिकाका पदाधिकारीहरूले बुझ्नु जरुरी छ । (ज्ञवाली, लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल मा अध्ययनरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?