Butwal Today

सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

१८ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १८ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ रोजेको छ ।

चितवनका लागि यो खेल विशेष महत्वको छ । यदि चितवनले सुदूरपश्चिमलाई हराउँछ भने उसले ६ अंक हासिल गर्नेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ, जसले प्लेअफको प्रतिस्पर्धा अझ रोमाञ्चक बनाउनेछ ।

सुदूरपश्चिम हाल ५ खेलमा ५ जितसहित १० अंकसहित शीर्ष स्थानमा रहेको छ । आजको खेल जिते सुदूरपश्चिम शीर्ष स्थानमा कायम रहने पक्का छ, भने पराजित भए पनि शीर्ष २ मा रहने सम्भावना बलियो नै छ ।