© २०२३
काठमान्डौ, १७ मंसिर ।
भारतको राजधानी दिल्लीमा आज बिहान वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बिहान ७ बजे दिल्लीको समग्र एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३७६ मापन गरिएको छ, जुन ‘निकै खराब’ श्रेणीमा पर्छ ।
सीपीसीबीका तथ्यांकअनुसार दिल्लीका धेरै मापन केन्द्रहरूमा प्रदूषण स्तर निकै बढेको छ । आनन्द विहारमा एक्यूआई ४०५, अशोक विहारमा ४०३, चाँदनी चोकमा ४३१ र जहाँगीरपुरीमा ४०६ मापन भएको छ । धेरै स्थानमा एक्यूआई ४०० भन्दा माथि पुगेको र झन्डै सबै प्रमुख क्षेत्रहरूमा वायु गुणस्तर ‘गम्भीर’ श्रेणीमा रहेको बीबीसी हिन्दीले जनाएको छ ।
यसैबीच, पाकिस्तानको लाहोर अहिले विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा छ । दिल्ली दोस्रो र बङ्गलादेशको ढाका तेस्रो नम्बरमा रहेको तथ्यांकमा देखाइएको छ ।