© २०२३
काठमान्डौ, १६ मंसिर ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँले बढेर ३ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।