Butwal Today

भालुको आक्रमणबाट महिला घाइते

१५ मंसिर २०८२, सोमबार
अ+
अ-

दाङ, १५ मङ्सिर ।

दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

घाइते हुनेमा राप्ती गाउँपालिका -६ भगवानपुर निवासी ५६ वर्षीय यशोदा विष्ट रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख रकमबहादुर खड्काले जानकारी दिएका छन् । भालुको आक्रमणबाट विष्ट मध्यम घाइते भएकी छिन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

घटना गत मङ्सिर ११ गतेको हो । देउकी सामुदायिक वनमा बिहान ११:३० बजे घाँस काट्न गएको बेला भालुले विष्टलाई आक्रमण गरि घाइते बनाएको थियो । भालुले आक्रमण गरेपछि सँगै गएका महिलाहरूले हो-हल्ला गरेपछि भालु भागेको थियो ।

घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख रकमबहादुर खड्काको कमान्डमा गएको टोलीले घाइते विष्टलाई उद्धार गरि अस्पताल पुर्‍याएको थियो ।