© २०२३
काठमान्डौ, १२ मंसिर ।
सुनको भाउ फेरि साढे दुई लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो अघिल्लो दिनको मूल्यभन्दा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
विगत एक सातामा सुनको भाउ करिब ९ हजार रुपैयाँले बढेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो । सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड रहेको छ ।
चाँदीको भाउ पनि रेकर्ड नजिक पुगेको छ । महासंघले आजका लागि चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते चाँदीको मूल्य ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको रेकर्ड छ ।