Butwal Today

हङकङमा आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो

१२ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १२ मंसिर ।

हङकङमा बुधबार राति भएको भीषण आगलागीमा परि मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही व्यक्तिहरूको अवस्था अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन् ।

सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो मध्यरातमा सुतिरहेको अवस्थामा धुवाँको कारण निसास्सिएर ज्यान गुमाएका हुन् । अधिकारहरूले प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्टका कारण आगो लागेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

घना जनसंख्या भएको क्षेत्रका आवासीय भवनहरूमा मध्यराततिर आगो लागेको थियो । आगलागी भएका उच्च–तले भवनहरूमा विदेशी कामदारदेखि स्थानीयसमेत सयौं परिवार बस्दै आएका थिए । घटनास्थलमा अहिले पनि उद्धार तथा खोजतलास कार्य जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । तीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगलागीबाट विस्थापित नागरिकका लागि नगर प्रशासनले अस्थायी आवासको व्यवस्था गरेको छ । साथै, मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने तथा राहत–पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने हङकङ प्रशासनले जनाएको छ ।