Butwal Today

भारतले नेपाली भाषामा पनि अनुवाद गर्‍यो आफ्नो संविधान

१० मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १० मंसिर ।

नेपालको छिमेकी मुलुक भारतले बुधबार आफ्नो संविधान दिवस मनाएको छ । प्रत्येक वर्ष २६ नोभेम्बर का दिन मनाइने संविधान दिवसको अवसरमा यस वर्ष भारतले नेपाली भाषासहित विभिन्न भाषामा आफ्नो संविधानको अनुवादित प्रति जारी गरेको छ ।

संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपालीसहित ९ भाषामा भारतीय संविधानको अनुवादित प्रति सार्वजनिक गरेकी हुन् ।

राष्ट्रपतिले विशेष समारोहमा सम्बोधन गर्दै मलयालम, मराठी, नेपाली, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमियासहित ९ भाषामा संविधानको अनुवादित प्रति जारी गरिएको जानकारी दिइन् ।