Butwal Today

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

८ मंसिर २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, ८ मंसिर ।

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बलिउड फिल्म निर्माता करण जोहरले धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनी लेख्छन्, ‘धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ । एउटा विशाल मेगास्टार, मुख्यधारको सिनेमाका सच्चा हिरोको पहिचान बनाउने उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ ।’

यस्तै, बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताभ बच्चन, आमिर खानलगायत आर्यघाट पुगेका छन् । यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?