ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

झलिबाट उदाएकी कुसुम

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

बुटवल, ०६ मंसिर ।

अहिलेको चर्चीत गीत झलि । जुन गीतमा मोडलिङ गरेकी छिन् कुसुम भण्डारी ।

उनी बुटवलको उपमहानगरपालिका १४ को बेलभरियामा जन्मिएकी हुन् । बाल्यकाल उनको बुटवलमै बित्यो । सानैदेखि नै उनले नृत्यको ताल समाउँदै आएकी थिइन । टिभी मोबाइलमा भजन बज्दा नाची हाल्ने ।

नायिका स्वस्तिमा खड्काको म्युजिक भिडियो हेर्ने, फिल्म हेर्ने गरेको र स्वस्तिमाबाट प्रभावित भएको कुसुम बत्ताउँछिन् । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रम र प्रतियोगिताहरूमा उनी सक्रिय रूपमा भाग लिन्थिन् ।

कक्षा ३ मा ‘माइती घर’ गीतमा नाचेपछि पाएको प्रशंसाले उनलाई निकै हौसला मिलेको थियो । उनी भन्छिन्, त्यो नाचेदेखि सबैबाट राम्रो प्रशंसा पाएँ, त्यसपछि देउसी भैलोमा पनि नाच्न थालेँ ।

तर विद्यालयका कार्यक्रम बाहेकका कार्यक्रममा सहभागी हुने अवसरै मिल्दैनथ्यो । बाबा रोजगारीको सिलसिलामा विदेश भएको र घरबाट बाहिरी कार्यक्रममा भाग लिन अनुमति नभएको उनको भनाई छ ।

नेपालका रियालिटी सोहरूले उनको मनमा ठुलो मञ्चमा पुग्ने सपनाको बिउ रोपेको छ । तर काठमाडौँको दुरीले उनको त्यो सपना अधुरै छ । उनको आमालाई भने छोरी मोडल बनोस् भन्ने सपना थियो । त्यसले भने उनलाई मोडलिङमा साथ मिल्यो ।

कक्षा १० मा पढ्दा उनी स्कुल ट्यालेन्ट हन्ट प्रतियोगितामा उपाधि हासिल गरिन् । त्यो उनका लागि सफलताको पहिलो उचाइ थियो । उनका अनुसार यो खबरले उनको बाबा खुसी भएनन् । बाबाको सपना बैकमा जागिर होस् । मेरो र आमाको सपना मोडल बन्न सकूँ भन्ने थियो ।

अगाडीको कुरा सम्झिँदै उनले भनिन्, लुकी लुकी कार्यक्रममा सहभागी भए । कक्षा १२ को परीक्षा दिएर बसेको थिए, झलिको गीतको लागि अवसर आयो । खुसीको सीमा थिएन । तर बाबा विदेशबाट घर आएको हुँदा धेरै समय बाबालाई मनाउन लाग्यो ।

त्यसपछि मैले झलिको गीतमा अभिनय गर्ने अवसर पाए, उनले भनिन् । झलिको गीत सार्वजनिक भयो अहिले बाबा धेरै खुशी हुनुहुन्छ । गीतले बाबाको सोचमा परिवर्तन ल्यायो । छोरी राम्रो कलाकार बन्नुपर्छ भन्नुहुन्छ । थिएटर सिक्न काठमाडौँ जानुपर्छ भन्नू हुन्छु उनले भनिन ।

झलिको गीत कुसुमले अभिनय गरेको पहिलो गीत हो । अहिले उनी काठमाडौँमा अभिनय सिक्दै छिन् । अभिनय सिकेर नायिका बन्ने चाहाना पालेको उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?