© 2026
काठमाडौँ ।
पाकिस्तानको पन्जाब प्रान्तमा रहेको एक रासायनिक कारखानामा शुक्रबार ठूलो विस्फोट भएको छ । बिहान सबेरै भएको विस्फोट यति भयानक थियो कि कारखानामा आगलागी मात्र नभई नजिकैका भवनसमेत भत्किएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विस्फोट फैसलाबाद जिल्लाको मलिकपुर क्षेत्रमा, लाहोरबाट करिब १३० किलोमिटर टाढा भएको हो । कारखानामा बायलर विस्फोट भएको बताइएको छ ।
विस्फोटमा धेरै जना घाइते पनि भएका छन् । फैसलाबादका उपायुक्त राजा जहाँगिर अनवरले पत्रकारहरूलाई बताएका अनुसार, विस्फोटका कारण नजिकैका भवनहरू भत्किएका छन् । उद्धार टोलीले अहिलेसम्म भग्नावशेषबाट १५ जनाको शव निकालेको र सात घाइतेलाई अस्पताल लगिएको छ ।
उद्धार कार्य जारी रहेको र भग्नावशेषमुनि अझै धेरै मानिस फसेको हुन सक्ने आशंका गरिएको छ ।