ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा बजेट खर्च निराशाजनक

३ मंसिर २०८२, बुधबार
३ मंसिर २०८२, बुधबार

बुटवल, ३ मंसिर ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा कुल बजेटको करिब १२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरणअनुसार, कात्तिक मसान्तसम्म पुँजीगत खर्च ९.५३ प्रतिशत र चालु खर्च १४.२८ प्रतिशत मात्रै भएको छ । कुल बजेटको ११.५३ प्रतिशत खर्च भएको देखिन्छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३८ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरेको थियो, जसमा पुँजीगत खर्च २३ अर्ब ४७ करोड र चालु खर्च १५ अर्ब ४३ करोड थियो । अहिलेसम्म ४ अर्ब ४८ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीका अनुसार, विगतका वर्षमा पनि पहिलो चौमासिकसम्म बजेट खर्चको दर सामान्यतया कम हुने गरेको छ ।

आर्थिक वर्षको पहिलो चौमासिकमा लुम्बिनीका कुनै पनि मन्त्रालयको खर्च प्रगति सन्तोषजनक छैन । यो अवधिमा सबैभन्दा धेरै स्वास्थ्य मन्त्रालयले बजेट खर्च गरेको छ भने सबैभन्दा कम उद्योग पर्यटन तथा यातायात मन्त्रालयले गरेको प्रदेश लेखा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले कुल विनियोजित बजेटमध्ये ३०.४३ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले चालु खर्च १५.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्च भने ६३. ३३ प्रतिशत बजेट गरेको छ । त्यसपछि खर्च गर्ने अर्को मन्त्रालय उद्योग पर्यटन तथा यातायात हो । यो मन्त्रालयले चालु खर्च १५.४० र पुँजीगत ०.८५ प्रतिशत गरी कुल बजेटको १५.१४ प्रतिशत बजेट खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु र विकास खर्च गरी ७.८६ खर्च गरेको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले ११.४८ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले ४.२० प्रतिशत र आर्थिक मामिला तथा कानुन मन्त्रालयले ५.०६ प्रतिशत बजेट खर्च गरेका छन् ।

यस्तै कृषि, तथा भूमि व्यवस्था मन्त्रालयले कुल बजेटको ११.४८ प्रतिशत खर्च गरेको छ । वन तथा वातावरण मन्त्रालयले कुल बजेटको ९.९० प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ७.८३ प्रतिशत छ । यहाँ युवा तथा खेलकुद मन्त्रालयले ४.७८ प्रतिशत चालु खर्च गरेपनि पुँजीगत खर्च अहिलेसम्म एक रुपैयाँ पनि गरेको छैन । पहिले मुख्यमन्त्री चेतनारायण आचार्यकै मातहत रहेको युवा तथा खेलकुद मन्त्रालयमा साउन अन्तिममा सन्तोष पाण्डेयलाई मन्त्री नियुक्त गरिएको थियो । सहरी विकास तथा खानेपानी मन्त्रालयले कुल बजेटको ८.९६ प्रतिशत, सामाजिक विकास मन्त्रालय बजेट खर्च गरेका छन् । ती मन्त्रालयमा चालु भन्दा पुँजीगत निकै निराशाजनक छ ।

अर्थशास्त्री एवं प्राध्यापक माधवकुमार पौडेलका अनुसार, प्रदेश सरकारले पुरानो परिपाटी अनुसार वर्षको अन्त्यमा खर्च मिलाउने तरिका परिवर्तन गर्न नसकेको देखिन्छ । उनले अन्तिममा हतारमा खर्च गर्दा कामको गुणस्तर कमजोर हुने संकेत पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?