© २०२३
काठमान्डौ, ३ मंसिर ।
बुधबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ मा कारोबार भएको थियो ।
पछिल्ला केही दिनयता सुनको मूल्यमा उच्च उतार–चढाव देखिएको छ । अस्तिको तुलनामा हिजो मात्र सुनको मूल्य एकैदिन ३ हजार ८ सय रुपैयाँले घटेको थियो । असोज ३१ गते सुनको मूल्यले प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९० रुपैयाँ मा कारोबार भएको चाँदी बुधबार ३ हजार १ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदीले प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँ को रेकर्ड कायम गरेको थियो ।