ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

आगामी दुई दशकमा साढे ४२ हजार जहाज आवश्यक पर्ने अनुमान

२ मंसिर २०८२, मंगलवार
२ मंसिर २०८२, मंगलवार

काठमान्डौ, २ मंसिर ।

युरोपेली विमान निर्माता एयरबसले आगामी दुई दशकमा विश्वभर ४२ हजार ५२० नयाँ विमान आवश्यक पर्ने अनुमान गरेको छ ।

एयरबसका अनुसार एसिया–प्रशान्त क्षेत्रमा मात्र करिब १९ हजार ५६० नयाँ विमानको आवश्यकता पर्ला, जुन विश्व कुल मागको झन्डै ४६ प्रतिशत हो । भारत र चीनको विशाल जनसंख्या तथा तीव्र रूपमा बढिरहेको हवाइ यात्रुको मागले विमान आवश्यकताको दर उच्च बनेको अन्तर्राष्ट्रिय उड्डयन सञ्चारमाध्यम सिम्पल फ्लाइङले उल्लेख गरेको छ ।

सिम्पल फ्लाइङका अनुसार भारतीय बजेट एयरलाइन्स ‘इन्डिगो’ ले मात्र हालसम्म करिब १ हजार नयाँ एयरबस विमानको अर्डर गरिसकेको छ ।

कोभिड–१९ पछि विश्वभर हवाइ यात्रु संख्या तीव्र रूपमा बढेको छ । यात्रु वृद्धिसँगै वायुसेवा कम्पनीहरूले नयाँ र प्रविधि–मैत्री विमान थप्ने तथा पुराना विमान क्रमशः प्रतिस्थापन गर्ने प्रक्रियालाई तिव्र पारेका छन् । नयाँ पुस्ताका विमान इन्धन–सक्षम, पर्यावरण–मैत्री र यात्रुहरूको सुविधा अनुकूल हुने भएकाले माग बढ्दो छ ।

एसिया–प्रशान्त एयरलाइन्स सङ्घको हालै बैंककमा सम्पन्न बैठकमा आगामी २० वर्षमा क्षेत्रकै लागि ३ हजार ५०० वाइडबडी र १६ हजार न्यारोबडी विमान आवश्यक पर्ने अनुमान प्रस्तुत गरिएको सिम्पल फ्लाइङले जनाएको छ ।

फ्लाइङका अनुसार यो संख्या विश्वभर आगामी दुई दशकमा डेलिभरी हुने कुल विमानको ४७ प्रतिशतभन्दा बढी हो । कुल मागमध्ये ६८ प्रतिशत विमान यात्रु वृद्धि तथा रूट विस्तारका लागि प्रयोग हुनेछन् भने ३२ प्रतिशत पुराना विमान प्रतिस्थापनका लागि रहनेछ ।

लो–कस्ट क्यारियर (सस्तो भाडाका एयरलाइन्स)  को तीव्र विस्तार, क्षेत्रीय अर्थतन्त्रको विकास र हवाइ यात्रुको निरन्तर बढ्दो माग यस क्षेत्रका विमान खरिद वृद्धिका मुख्य कारक मानिएका छन् । एयर एसिया, इन्डिगो, सेबु प्याफिकजस्ता ठूला एयरलाइन्सले लगातार नयाँ विमान थपिरहेका छन् ।

भारतमा हवाइ यात्रा झन् सस्तो र सहज बन्दै गएसँगै उड्डयन सेवाको पहुँच दुर्गम क्षेत्रसम्म फैलिएको छ, जसले व्यापार, पर्यटन र समग्र यातायात प्रणालीलाई अझ सुलभ बनाउन सहयोग पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?