© २०२३
काठमान्डौ, १ मंसिर ।
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको दुई लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार ८ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ पनि आज २० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको तीन हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो यसको भाउ तीन हजार १ सय ३५ रुपैयाँ थियो ।