ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

चन्द्रौटामा महोत्सवको तयारी पूरा

६ पुष २०७९, बुधबार
६ पुष २०७९, बुधबार

चन्द्रौटा(कपिलवस्तु), ६ पुस ।

कपिलवस्तु सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । चन्द्रौटामा पुस ७ गतेबाट हुन लागेको महोत्सवको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।

आर्थिक गतिविधि चलायमान बनाउने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक समिति संयोजक महादेव पोख्रेलले बताए । महोत्सवले कोभिड १९ को कारण शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन र यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न टेवा पुग्ने उनले बताए । स्थानीय उत्पादनले स्थान पाउने लगायत स्थानीय व्यवसायीलाई प्राथमिकता दिइएको संयोजक पोख्रेलको भनाइ छ ।

महोत्सवमा कृषिजन्य उत्पादनका स्टलहरु निः शुल्क राख्ने व्यवस्था मिलाइएको संयोजक पोख्रेलको भनाइ छ । “कृषि पर्यटन, उद्योग र ब्यापार ब्यावसायिक दिगोपना हाम्रो मुख्य आधार” भन्ने मूल नाराका साथ चन्द्रौटामा सञ्चालन हुने महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु तथा जातजातिको संरक्षण र पहिचान झल्काउने वस्तुहरुका लागि निःशुल्क रुपमा स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ । व्यापार संघ कपिलवस्तुको आयोजनामा यही पुस ७ गते बाट सञ्चालन हुने महोत्सव २१ गतेसम्म चल्ने संघले जनाएको छ ।

एक सय ५० बढी स्टल रहने महोत्सवमा कृषि, पर्यटन, व्यापार, उद्योग, कला–संस्कृति, शैक्षिक प्रदर्शनी लगायतका स्टलहरु रहने छन् । पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अकोराब लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?