© २०२३
बुटवल, ५ पुस ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका पुष ७ गते विहिवारबाट बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को पूर्वसन्ध्यामा बुधवार बुटवलमा औद्योगिक जनचेतना ¥याली गरिने भएको छ ।
प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिने औद्योगिक जनचेतना ¥यालीको तयारी पुरा भएको संघले जनाएको छ । ¥यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहने औद्योगिक जनचेतना ¥याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा आएर समापन हुने छ ।
¥यालीमा जातजाती, भेषभुषा, धार्मिक, टोल विकास समिति, उद्योगसहितका संघसंस्थाहरुको सहभागिता रहने र ¥यालीको समापनका अवसरमा ¥यालीमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिने संयोजक खनालले बताए । यता प्रदर्शनी स्थल बुटवल मण्डपमा प्रदर्शनीका लागि आवश्यक भौतिक निमार्णको काम सकिएर सजावटको काम सुरु भएको छ । प्रर्दशनी स्थल बुटवल मण्डपमा स्टल, सचिवालय, मञ्च, मनोरञ्जनस्थल तथा पेभेलियनहरुको निर्माण सकिएपछि सजावटको काम सुरु भएको हो ।
प्रदर्शनीको पुस ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको सजावटको काम ६ गते पुरा गरिने छ भने मण्डपको सुरक्षा व्यवस्था मजबुत बनाइएको जनाइएको छ ।
प्रदर्शनी मूल आयोजक समिति रूपन्देही उद्योग संघले प्रदर्शनीको भौतिक निर्माणको काम सकेर सजावटको काम सुरु भएको जानकारी गराएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले स्टल दर्ता तथा वितरण गरिएको र तयारी पूरा भएको जानकारी दिए ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवल यही पुस ७ गतेदेखि बुटवल मण्डपमा प्रदर्शनी सञ्चालन हुँदैछ । ‘विगतका प्रदर्शनी भन्दा यस पटकको प्रदर्शनी फरक रहनेछ’ पौडेलले भने, ‘यस पटको प्रदर्शनी व्यवस्थापिकय तथा सहभागिताको हिसाबले विशेष महत्व दिएका छौं ।’
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, पर्यटन क्षेत्रको विकासका सान्दर्भिक गोष्ठी, अन्तत्र्रिmया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गर्ने जनाइएको छ ।
प्रदर्शनी सुरु हुनु भन्दा अगाडि सम्पन्न गर्नु पर्ने कामका लागि गठन गरिएका उपसमितिहरुको दैनिकजस्तै बैठकहरु बस्ने, कामको समिक्षा गर्ने तथा बाकि कामहरु तदारुकताकासाथ सक्ने गरि निर्देशन गरिएको संघका कार्यकारी अधिकृत यादव भण्डारीले बताए ।
प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० सय स्टल रहने छन् । यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक टयालेन्ट हन्ट लगायतका प्रतियोगिताहरु रहने छन् ।