ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रिब्दीकोटमा ‘अकबरे खुसी’

खुर्सानीले गुम्न लागेको खुसी पुन फर्किएको फेक गाउँका कृषक सिता खाम्चा बताउँछिन् । घरायसी प्रयोजनका लागि मात्र २-४ बोट मात्र लगाएका कृषकलाई स्थानीय सरकारले खुर्सानीको अभियान चलाएको थियो । यो महिनासम्म आइपुग्दा रिब्दीकोटमा ४ करोड रुपैयाँ बढी रकम भित्रिएको कृषि शाखा प्रमुख प्रज्ञा लामटाङे बताउँछिन् ।
२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार

पाल्पा, २० कार्तिक ।

जिल्लाको रिब्दीकोट गाउँपालिका फेक गाउँका कृषक जितबहादुर छहरीलाई यस पटक दसै र तिहार मनाउनका लागि निकै सहज भयो ।

पहिले–पहिले खर्चको जोहो गर्न कठिन थियो तर विगत केही वर्षयता निकै सहज भएको छ । कसैलाई आवश्यक परे अरूलाई २, ४ हजार सापटी दिन पनि सक्छु, उनले भने ।

यो गाउँपालिकामा पछिल्लो दशकमा अकबरे खुर्सानीको बलियो हब बनेको छ । उत्पादित बस्तु बजारीकरणका लागि स्थानीय सरकारले समन्वय गरेका कारण यहाँ खुर्सानी नभएको घरै नभएको छैन ।

यस वर्ष दसै अगाडि नै खुर्सानी बेचेर ४ लाख रुपैयाँ हात पारेको उनले बताए । अन्नबाली लगाउँदा वन्य जन्तुबाट जोगाउन कठिन समयमा अकबरे खुर्सानीले आफू र आफू जस्ता साना किसानको आठमा खुसी मुस्काएको उनले सुनाए ।

गाउँ बस्तीमा खेतीयोग्य जमिनमा बाँदर, मृग र हरिणले दिनमा सताउने भने रातमा दुम्सी बँदेलको रजाइँ हुन लागेपछि क्रमशः गाउँ बस्तीबाट बैकल्पित कामको खोजीमा अन्त जाने क्रम बढेको थियो ।

यो अवस्थालाई रोक्नका लागि ५ वर्ष अगाडि बाँझो जमिनमा खेती गर्ने अभियान स्थानीय सरकारले चलाएको थियो । खुर्सानीले गुम्न लागेको खुसी पुन फर्किएको फेक कै कृषक सिता खाम्चा बताउँछिन् ।

घरायसी प्रयोजनका लागि मात्र २-४ बोट मात्र लगाएका कृषकलाई स्थानीय सरकारले खुर्सानीको अभियानलाई आर्थिक रूपले बलियो बनाउँदै आत्म निर्भरको यात्रा सुरु गरी वैदेशिक रोजगारीलाई निरुत्साहित तुल्याउने गरी अभियानका रूपमा व्यावसायिक खेती तर्फ प्रेरित गरेका कारण यस वर्ष दसैँ अगाडि नै ४ करोड रुपैयाँ रिब्दीकोट गाउँपालिका भित्र भित्रिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङे बताउँछिन् ।

उत्पादित बस्तुको सङ्कलन केन्द्र मार्फत चाउचाउ उद्योगमा पुग्न लागेपछि कृषकहरूको प्रमुख नगदे वाली भएको भैरव स्थानका कृषक बिष्णु बहादुर कार्की बताउँछन् । गत वर्ष ३ लाख बराबरको खुर्सानी बिक्री गरेका कार्कीले गत वर्षको तुलनामा यस वर्ष राम्रो हुने बताउँछन् ।

यस वर्ष दसै खर्चका लागि कुनै समस्या नै नभएको र राम्रो पैसा हात परेको उनले बताए । बारीमा खुर्सानी नभएको भए बारी बँझिने थियो । पछिल्लो समयमा सुन्तला मौसम पनि बाँदरले खान लागेपछि थप समस्या बल्झिएको थियो ।

खुर्सानीका कारण गाउँमा घरको दैला खुला देख्न पाइएको छ । नत्र घरका धुरी धुरी बाँदर नाच्ने थिए । आज खुर्सानीले फाटेका कपडा भित्रका मलिन चेहराहरूमा खुसी ल्याएको उनले बताए ।  बजारीकरणमा पनि समन्वय गर्न गाउँमा सहकारी मार्फत खरिद गर्ने भनेपछि लगाउन सुरु गरे ।

बसाइँ सराई हुने क्रम अत्यधिक भयो त्यसलाई पनि रोक्नु थियो । कृषिमा केही हुँदैन भन्ने भावना विकसित भएकाले वैदेशिक रोजगारी नै प्रमुख गन्तव्य भएको थियो । वैदेशिक रोजगारीको विकल्पमा अकबरे खुर्सानी बनाउनका लागि उत्पन्न चुनौतीको सामना गर्दै ४ करोड भन्दा बढी लगानी गरेर सुरुवात गरिएको खुर्सानी खेतीले आफ्नो सपना सार्थक बनाएको निवर्तमान अध्यक्ष नारायण बहादुर जि.सी बताउँछन् ।

खुर्सानी खेती सबै घर परिवार सँग जोडिएका छन् । हार्थोकमा सङ्कलन केन्द्र बनाइएको छ । त्यही सङ्कलन गरिएको खुर्सानी देशका विभिन्न भागमा निर्यात हुन्छ । खुर्सानी खेती थालनी गरिए पनि यसलाई विविधीकरण गर्न अहिले सम्म सकिएको नसकिएको उनले बताए ।

प्रभात मा.बिमा अध्यापन गर्ने जनक आचार्य रिब्दीकोट गाउँपालिका भित्र कै सबै भन्दा धेरै खुर्सानी उत्पादन गर्ने कृषक पनि हुन् । गत वर्ष ५ लाख भन्दा बढी एउटै बारीमा आम्दानी गरेको बताउँदै यही खुर्सानीले हुँदा खाने बर्गलाई अहिले हुने खाने बनायो ।

गरिबले च्यापिएको परिवारको अहिले चुलोमा आगो बोल्न लागेको छ । एक पटक लगाएपछि पटक–पटक उत्पादन लिन सकिने यो खेतीलाई अहिले चराले नोक्सान गर्न लागेको बताउँछन् ।

एक वर्षमा २ सय ५० देखि ३ सय मेट्रिक टनसम्म उत्पादन हुने र यस वर्ष यहाँबाट ठुलो परिमाणमा बिरुवा निर्यात भयो । वार्षिक रूपमा १० देखि १५ करोड रुपैयाँ खुर्सानी बिक्रीबाट रकम भित्रिने गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?