Butwal Today

नेपाल प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा

१७ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

 नेपाल प्रहरीले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको छ । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा पदोन्नति गरिएको हो ।

गृह मन्त्रालयका स्रोतका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको छ ।

गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा केही दिनअघि बसेको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको थियो ।