© २०२३
काठमाडौं, १७ कात्तिक ।
प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग समग्र कार्य प्रगति समीक्षा बैठक गरेकी छिन् ।
वर्तमान सरकार गठनपछि भएका कामहरूको प्रगतिबारे जानकारी लिन प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा सबै मन्त्री र सचिवहरूको संयुक्त बैठक आयोजना गरेकी हुन् । उनका सचिवालयका अनुसार बैठकमा मन्त्रालय र सम्बन्धित निकायहरूको कार्यसम्पादन विवरण पेश गर्ने क्रम जारी छ ।
प्रधानमन्त्री कार्कीले हरेक मन्त्रालयको कामको मूल्याङ्कन गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने तयारी गरेको सचिवालयले जनाएको छ । सिंहदरबारमा अहिले पनि बैठक जारी रहेको बताइएको छ ।