Butwal Today

मङ्सिर २७ मा एमालेद्वारा इतिहासकै विशाल जनसभा हुने

१७ कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । उनले सो सभामार्फत जनता कसको पक्षमा छन् भन्ने स्पष्ट हुने दाबी गरेका छन् ।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले पार्टीले देशव्यापी कार्यक्रमहरूको श्रृङ्खला सञ्चालन गर्न लागेको जानकारी दिए ।

उनका अनुसार कात्तिक २२ गते देशभरका सबै वडामा जनभेला, कात्तिक २५ गते पालिकास्तरमा जनर्‍याली, कात्तिक २९ गते जिल्लास्तरमा र मङ्सिर ६ गते काठमाडौँ उपत्यकामा सभा गरिनेछ ।

त्यसपछि मङ्सिर २७ गते काठमाडौँमा इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गरिने उनले बताए ।

महासचिव पोखरेलले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने दाबी गर्दै भने, “हामी देखाउन चाहन्छौँ – जनता कसको साथमा छन् ? जनता कहिल्यै पनि हिंसा, अराजकता र लुटपाटको पक्षमा हुँदैनन् ।”