© २०२३
भैरहवा, ४ पुस ।
सरकार निजी क्षेत्रप्रति उत्तरदायी नभएको उद्योगी, ब्यावसायीले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्यसंघ रूपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौको आयोजनामा मंसिर २३ गते देखि पुस ४ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को समापन समारोहमा बोल्ने उद्योगी ब्यावसायीले सरकारलाई ब्यवसायीले राजस्व सदैव तिरिरहने, आर्थिकरुपमा राज्यलाई सबल बनाउन भूमिका खेल्ने तर राज्य उद्योगीप्रति अनुदार रहेको आरोप लगाए ।
उद्योग क्षेत्रमा आर्थिक समस्या आउँदा राज्यले उद्योगी ब्यवसायीप्रति सकारात्मक बन्न नसक्दा उद्योगी ब्यवसायहरु बन्द गर्ने दिन आउन लागेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगीहरु पुसको ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा भएको बताए । बिगतमा कमाएको पैसा भन्दा बढी लगानी गरेको बताउँदै उनले राज्यले यसको निकास दिनु पर्ने बताए ।
मुरारकाले आफुले जाने सम्म यो अवस्था आज सम्म नआएको बताए । नेपालको हरेक क्षेत्रलाई असर गरेको बताउंँदै खाद्य क्षेत्रमा समेत असर पारेको उनको तर्क थियो । बैंकको कुरा गर्दा बैकंले नैतिकताको पाठ सिकाउने तर ब्यावहारिक नभएको बताए । ब्याजदर बढाउंदै लैजानु उद्योगी ब्यापारीमाथि अत्याचार भएको उनको तर्क थियो ।
नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ब्यवसाय ब्यवसाय जस्तो नरहेको बताए । देशमा आर्थिक संकट हुँदा समेत राज्यले उद्योगी ब्यावसायी प्रति अनुदार भएको उनले बताए । यही अवस्था आएमा जनताले राज्यका निकायमाथि ढुंगा हान्ने दिन आउने उनले बताए । संविधान सभाका सदस्य आदित्य नारायण कसौधनले बैंकले धितो राखेर सदैव नाफा मात्रै लिने घाटा खान नहुने ? भन्दै प्रश्न गरे ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले राज्यको गलत नीतिका कारण नेपालमा रहेका ५ प्रतिशत उद्योग बन्द भएको र ६० प्रतिशत उद्योग बिरामी भएको अबस्था भएको बताए ।
उद्योग ब्यापार संगठन रुपन्देहीका अनिल ज्ञवालीले मेला चुनौतीपूर्ण हुंदा पनि भब्यरुपमा सिद्धार्थ उद्योग बाणिज्य संघले सम्पन्न गरेको बताए । प्रदेश सभा सदस्य सन्तोष पाण्डेले सबै मिलेर समस्या समाधान गर्ने बताउँदै महोत्सवको भौतिक पुर्वाधारको जिम्मा प्रदेश सरकारले दिने बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले ११ औं दिन सम्मको अवलोकन सवैले गर्दा राम्रै तरिकाले समापन भएको बताए । मंसिर २३ गते सुरु भएको मेला यो सफल मेला भएको बताउंदै अध्यक्ष न्यौपानेले मेलाले प्रतिकुल समयमा अबसर र चुनौतीको सामना गर्दै भबिष्यका लागि आत्मविश्वास जगाएको बताए ।
आइटी संयोजक प्रमोद रिजालले ३० वटा क्यामेरा स्टेजदेखि पार्किङ सम्म राखिएको बताउँदै मेला प्रविधिमय भएको बताए । क्यामेरा, ल्यापटप, माउस किबोर्ड बिक्रि वितरण गर्ने आइटि स्टलले महोत्सवलाई थप प्रविधी मैत्री र आकर्षण बनाउन सहयोग गरेको रिजालले बताए । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुल प्रसाद न्यौपाने, महासचिव विजय पाण्डे लगायतले शुभकामना मन्तब्य राखेका थिए । बिभिन्न उत्कृष्ट स्टलहरुलाई सम्मान, प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीयलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।