© 2026
काठमाडौँ ।
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको वातावरणस्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी,राजनीतिक दलसहितको बैठक जारी छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक आफूहरूले नै बनाउनुपर्ने बताएकी छन् । उनले भनिन्,मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन
राजनीतिक दल र जेनजी सम्मिलित बैठकमा उनले अगाडि भनिन्,’एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ । आआफ्ना विचार राख्न म खुला गर्छु ।’
बैठकमा जेनजीहरूले चुनाव आवश्यक भएको बताउँदै आन्दोलनको मुख्य मागलाई सम्बोधन गरिनुपर्ने बताए ।
‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’जेनजीहरुले बैठकमा भने ।