Butwal Today

टिकाथलीमा लोड गरिएको चाइनिज पेस्तोल फेला

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

बुटवल, ९ कात्तिक  ।

ललितपुर महानगरअन्तर्गत महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्याङ्की नजिकै हनुमन्ते खोला किनारमा प्रहरीले लोड गरिएको एक थान पेस्तोल फेला पारेको छ।

गोप्य सूचनाको आधारमा वृत सातदोबाटोबाट खटिएको सिभिल टोली र प्रहरी चौकी टिकाथलीको संयुक्त टोलीले आइतबार दिउँसो करिब २ बजेतिर सो पेस्तोल फेला पारेको ललितपुर प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार ५५०१०५०१ नम्बरको टाइप–५४ मोडलको चाइनिज पेस्तोल म्याग्जिनसहित र त्यसमा तीन राउण्ड गोली लोड गरिएको अवस्थामा भेटिएको हो।

फेला परेको पेस्तोलको मुचुल्का तयार पार्ने कार्यका लागि वृत सातदोबाटोबाट थप टोली खटाइएको र घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हतियार कसले, किन र कहाँबाट ल्याएको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ।