Butwal Today

नवलपरासी कारागारबाट फरार कैदीबन्दी पाल्पामा पक्राउ

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

पाल्पा, ९ कार्तिक ।

जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते नवलपरासी कारागारबाट फरार भएका कैदी बन्दी श्याम भनिने समीर गुरुङलाई पाल्पामा पक्राउ गरिएको छ ।

कारागार कार्यालय नवलपरासीमा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका कास्की, पोखरा महानगरपालिका–२१ बस्ने २८ वर्षीय गुरुङलाई आज तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, गोप्य सूचनाको आधारमा आज बिहान प्रहरी चौकी प्रभास पाल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

फरार रहेका गुरुङ हाल ससुराली तानसेन नगरपालिका–१०, साढिखोलामा बसिरहेका थिए । पक्राउपछि उनलाई पुनः कारागार कार्यालय नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?