© 2026
काठमान्डौ, ८ कार्तिक ।
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार चारै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय सुरक्षा बैठक गरेकी छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल तथा चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । करिब दुई घण्टा लामो उक्त बैठकमा वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक रणनीतिक कदमबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रत्येक सुरक्षा निकायका प्रमुखहरूले देशको वर्तमान सुरक्षा परिस्थिति र सम्भावित चुनौतीहरूबारे आफ्ना विश्लेषण प्रस्तुत गरेका थिए ।
स्रोतका अनुसार, बैठकले आसन्न सम्भावित सुरक्षा चुनौतीहरूलाई ध्यानमा राखी समन्वय र तयारीलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिएको छ ।