Butwal Today

ह्यात होटल बन्द भएको घटनाप्रति प्रधानमन्त्री कार्कीको चासो

८ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, ८ कार्तिक ।

राजधानीस्थित ह्यात होटलको सेवा बन्द भएको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गरेकी छन् । होटल बन्द भएको र त्यहाँका कर्मचारीलाई प्रवेश निषेध गरिएको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायसँग तत्काल विवरण मागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले ह्यात होटल सञ्चालनका लागि सुरक्षा लगायत आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताउँदै भनिन्, “सञ्चालनमा रहेका प्रतिष्ठानहरूको सुरक्षासम्बन्धी कुनै कमजोरी हुन दिनुहुन्न, सरकारले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउनेछ ।”

प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहानै ह्यात रिजेन्सी व्यवस्थापनसँग टेलिफोनमार्फत सम्पर्क गरी पछिल्लो अवस्थाको जानकारी लिएका छन् ।

अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिने सरकारको तयारीबारे आश्वस्त गराउँदै भने, “तपाईंहरू आत्तिनु पर्दैन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । सरकारले सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाउनेछ। व्यवसायलाई निरन्तरता दिन कत्ति पनि विचलित नहुनुहोस् ।”

यस विषयमा भोलि ९आइतबार० ह्यात होटल व्यवस्थापन र सरकारबीच थप छलफल गरी आवश्यक कदम चाल्ने तयारी भएको सरकारी स्रोतले जनाएको छ ।