ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नेपाल सम्वत ११४६, बुटवलमा झाकी तथा र्याली

५ कार्तिक २०८२, बुधबार
५ कार्तिक २०८२, बुधबार

बुटवल, ५ कार्तिक ।

नेपाल सम्वत ११४६ को अवसरमा बुटवलमा छरिएर रहेका नेवार समुदायले सचेतनामूलक र्याली, झाकी प्रदर्शन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएको छ ।

बुटवल उपमहानगरपालिकाको आयोजना, भिंद्यो नेवाः समाजको संयोजनमा गरिएको कार्यक्रममा नेवाः देय दबू, बुटवल नगर समिति, नेवाः मिसा दबू, बुटवल नगर समिति, श्री नेवाः सेवा समिति, नेवाः समाज अर्घाखाँची रुपन्देही, नेवाः सांस्कृतिक संरक्षण समाज, देबीनगर भिमसेन नेवाः समाज बुटवल, श्री गणेश नेवाः समाज, केरुङ्गेली नेवा समाज, तानसेन गुठी बुटवल सहभागी रहेको रयाली नेवा सेवा समितिको सचिवालयबाट शुभारम्भ भई नगर परिक्रमा गरि बुटवल उपमहानगरपालिकामा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले नयाँ वर्ष, नयाँ सोच — भिन्तुनामा एकताको सन्देश, नेपाल सम्बत ११४६ — नेवार संस्कृतिको नवप्रभात, भिन्तुना मनाऔँ, संस्कृति बचाऔँ, संस्कृति हाम्रो सम्पदा — भिन्तुना हाम्रो उत्सव, नेवा देय् दबुको भिन्तुना, नेवाः एकता, संस्कृति र भाषाको जर्गेना गरौ नारासहित प्लेकार्डसहित पैदल यात्रामा सहभागी भएका थिए । नेवार संस्कृति झल्किने लाखे नाच, घोडेनाचका साथै धिमेबाजा बजाउँदै सहभागी युवाहरूले आफ्नो कला प्रदर्शन समेत गरेका थिए ।

कार्यक्रमको औपचारिक रूपमा केन्द्रीय पार्षद् तथा नेवा सेवा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, नेवा देय दबुका नगर अध्यक्ष सुन्दर श्रेष्ठ, मिसा देबुकी अध्यक्ष सिता जोशी, नेवा सेवा समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठ, अर्घाखाँची नेवा समितिका अध्यक्ष देवि कुमार श्रेष्ठ, पाल्पाली नेवाका हिरा कुमार श्रेष्ठले शंखध्वर साख्यको तस्बिरमा माल्यार्पण र बाजागाजाको पूजा गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा भिन्दो नेपालका अध्यक्ष पारु श्रेष्ठले यो वर्ष विभिन्न पुच, समाज, गुठीमा आबद्ध नेवारहरूलाई एकैठाउ समेटेर सामूहिक रूपमा भव्य कार्यक्रम गरिएको बत्ताइन । नेवारी संस्कृति जर्गेनाका लागि भाषा कक्षा, बाजा बजाउने तालिम तथा सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको उनले बत्ताइन ।

यसैबिच समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सबै भाषा, धर्म र संस्कृतिलाई प्राथमिकतामा राखेर स्थानीय सरकार निरन्तर काम गरिरहेको बताए । जातीय भाषाको बडापत्रको पहिचान झल्किने वडापत्र तयार गरेर नमुना काम यहाँ गरेको उनले बताए ।

संविधानले सबै जाती भाषा र संरक्षण गर्ने कुरामा स्थानीय सरकारलाई दिएको अधिकार क्षेत्रमा काम गरिरहेको उनले दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?