Butwal Today

प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप एक जना पक्राउ

५ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ५ कार्तिक ।

प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २१ वर्षीय सोम गुरुङ रहेका छन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

दार्चुला घर भएका थापाको जेनजी आन्दोलनको क्रममा २४ भदौमा कुटपिटबाट हत्या गरिएको थियो । उनी प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए । यसैक्रममा महाराजगञ्जमा कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङ पनि हत्या भएका थिए ।

यसअघि पनि जवान थापा, असई र हवल्दारको हत्या आरोपमा केही व्यक्तिहरू पक्राउ गरिएको थियो र उनीहरू पुर्‍यपक्षका लागि कारागार चलान गरिएका थिए ।

पक्राउ परेकाहरू पुर्पक्षका लागि कारागार चलान भएका थिए ।