ट्रेंडिंग:

>> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ

५ कार्तिक २०८२, बुधबार
५ कार्तिक २०८२, बुधबार

काठमान्डौ, ५ कार्तिक ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सोमबार साँझ दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ पर्नेमा सर्लाही घरका ३४ वर्षीय हेम तामाङ, रामेछाप घरका ३० वर्षीय सिर्जन अधिकारी, र काभ्रे घरका ३७ वर्षीय कोकिल बहादुर शाही रहेको जानकारी दिएको छ । उनीहरूलाई गएराति र बुधबार बिहान पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

उनीहरू तीन जनाले सोमबार राति साढे ५ बजेतिर ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको गेट अगाडि प्रदीप अधिकारीको गाडी रोकेर हातपातको प्रयास गरेका थिए ।

उनीहरूले प्रदीप अधिकारीको गाडी अगाडि स्कुटर रोकेको प्रहरीले जनाएको छ । पछि हल्ला भएपछि श्रीजन स्कुटर त्यहीँ छाडेर भागेका थिए ।

‘स्कुटर त्यहीँ छाडेर भागे। हामीले सिसिटिभी फुटेज र स्कुटरको मद्दतबाट उनीहरूको खोजी गर्‍यौं,’ प्रहरी स्रोतले भन्यो । प्रहरीका अनुसार उनीहरूले प्रदीप अधिकारीलाई आक्रमण गर्ने नियत नराखेको प्रारम्भिक बयान दिएका छन् । बरू उनीजस्तै हुलिया भएका अर्कै व्यक्तिको खोजी गरेको उनीहरूले बताएका छन्।

‘प्रदीप अधिकारीजस्तै अनुहार भएको मानिसमाथि आक्रमणको प्रयास गरेको भन्छन्। के हो वास्तविकता बुझ्दैछौं,’ स्रोतले भन्यो, ‘बेलुकीको समय भएकाले हुलिया झुक्किएको भन्ने प्रारम्भिक बयान दिएका छन् । उनीहरू पनि कसैले काम लगाएर गर्ने खालका हुन्। त्यही हुलियाका मानिसमाथि आक्रमण गर्ने योजना रहेको बुझिन्छ।’

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाउने भएको छ । उनीहरूले बयानमा आफूहरू तीन जना मात्रै संलग्न रहेको बताएका छन् । सिसिटिभी फुटेजमा भने अरू व्यक्तिहरू पनि देखिएकाले अरूको पनि खोजी भइरहेको छ ।

‘तीन जना मात्रै हौं भनेका छन्। तर अरू पनि देखिएकाले खोजी गरिरहेका छौं। बाटोमा हिँडेकाहरू पनि हुन सक्छन्,’ स्रोतले भन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?