Butwal Today

उद्योग विभागमा रोकिएका औद्योगिक सम्पत्ति मुद्दाको सुनुवाइ ११ कात्तिकदेखि सुरु

५ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ५ कार्तिक ।

जेनजी आन्दोलनपछि उद्योग विभागमा रोकिएका पेटेन्ट, डिजाइन र ट्रेडमार्कसम्बन्धी मुद्दाहरूको सुनुवाइ ११ कात्तिकदेखि सुरु हुने भएको छ ।

विभागका अनुसार, सुनुवाइका लागि पेशी सूची तयार पारेर सोमबारदेखि बिहीबारसम्म नियमित इजलास सञ्चालन गरिनेछ ।

२४ भदौको आगजनीका क्रममा विभागमा व्यापक क्षति पुगेको थियो । त्यसपछिका दिनहरूमा अधिकांश प्रशासनिक सेवा २१ असोजदेखि क्रमशः सुचारु भए पनि औद्योगिक सम्पत्तिका मुद्दाहरूको सुनुवाइ भने रोकिएको थियो ।

अब सुनुवाइ सुरु भएसँगै विभागले स्थगित मुद्दाहरूको निष्पक्ष र नियमित निर्णय प्रक्रिया अघि बढाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?