Butwal Today

पाल्पामा कुटपिट बाट १ जनाको मृत्यु, १ जना घाइते 

४ कार्तिक २०८२, मंगलवार
अ+
अ-

पाल्पा  ४ कार्तिक ।

पाल्पामा कुटपिट बाट एक जना वृद्धाको मृत्यु भएको छ भने एक जना वृद्ध घाइते भएका छन् ।

मृत्यु हुनेमा माथाँगढी गाउँपालिका वडा नंं ४ का ७६ वर्षीया फुलमाया जि.सी. रहेकी छन् भने निजको श्रीमान्  ८२ वर्षीय प्रेम बहादुर जि.सी. गम्भीर  घाइते भएका छन् । कुटपिट बाट श्रीमती जि.सी.को घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा  सोही  पालिकाका  वडा नं. ४ झडेवा बस्ने ३७ वर्षीय मिन बहादुर वि.क. लाई लुकिरहेको अवस्थामा पाल्पा प्रहरीले पक्राउ गरेको छ ।

घाइते भएका ८२ वर्षीय वृद्ध जि.सी. लाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको र सो स्थानमा उपचार हुन नसकी लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?