Butwal Today

जेन–जी पुस्तालाई धोकामा पारियो : ओली

२ कार्तिक २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २ कात्तिक ।

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्तालाई आन्दोलनका नाममा धोकामा पारिएको दाबी गरेका छन् ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै ओलीले जेन–जी आन्दोलनलाई आफूले तीन भागमा विभाजन गरेर हेर्ने गरेको बताए ।

‘जेन–जी आन्दोलनलाई तीन भागमा हेर्छु । उनीहरूका खुलस्त रूपमा तीनवटा माग थिए  भ्रष्टाचार अन्त्य, सुशासनको सुनिश्चितता, र रोकिएका सामाजिक सञ्जाल पुनः सञ्चालन हुनु पर्ने,’ ओलीले भने, ‘तर जेन–जीलाई धोकामा पारियो । जे गरेर भए पनि विरोधका लागि प्रयोग गरियो ।’

ओलीले जेन–जीले आन्दोलनको क्रममा प्रधानमन्त्रीको राजीनामाको माग नगरेको दाबी गर्दै, ‘उनीहरूलाई संसद् भवनतर्फ लैजाने काम षड्यन्त्रपूर्वक गरिएको हो,’ भने ।