ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कीर्तिपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत, लागत १० अर्ब

३१ आश्विन २०८२, शुक्रबार
३१ आश्विन २०८२, शुक्रबार

समाचार सारांशमा


  • सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ ।

  • सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो ।

  • गुरुयोजना अनुसार रंगशाला निर्माणको कुल लागत करिब १० अर्ब रुपैयाँ हुने अनुमान ।


काठमाडौं, ३१ असोज ।

सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने गुरुयोजना स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा उक्त रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गरेको हो ।

गुरुयोजना अनुसार रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङले उक्त रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान हुने उल्लेख गर्दै, अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवर्द्धनमा यसको योगदान उल्लेखनीय हुने बताए । त्यसैले गुरुयोजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

उनले भने, “रंगशालाको विकास र आधुनिकीकरण नेपालका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ । अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सुविधा सम्पन्न रंगशाला आवश्यक भएकाले गुरुयोजना अनुसार स्रोत सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइने छ ।”

मन्त्री घिसिङका अनुसार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अन्तर्गत जग्गा व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकन अन्तिम रूप दिने र दोस्रो चरणको निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

केही दिनअघि रंगशालाको पहिलो चरणको निर्माण स्थलगत निरीक्षणमा पुगेका घिसिङले गुरुयोजना अनुसार भइरहेको कामलाई निरन्तरता दिँदै, बजेट अभाव हुन नदिने गरी दोस्रो चरणको कार्य अघि बढाइने बताएका थिए ।

यसबाहेक, त्रिवि र नेपाल क्रिकेट संघबीच रंगशालाको प्रयोगसम्बन्धी गरिएको जग्गा करार सम्झौताको म्याद आगामी वैशाख २०८३ मा समाप्त हुँदै छ ।

मन्त्रिपरिषद्ले आवश्यक कानुनी प्रक्रिया पुरा गरी गुरुयोजना कार्यान्वयनका लागि त्रिवि र युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदबीच समझदारी गर्न निर्देशन दिएको छ ।

हाल रंगशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । निर्माण कार्य आगामी १ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अघि सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?