Butwal Today

सिंहदरबारको आगो निभाउन २४ भदौ राति नै दमकल पुगेको थियो : महाशाखा प्रमुख जोशी

३१ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ३१ असोज ।

काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले सिंहदरबारमा लागेको आगो निभाउन महानगरको दमकल २४ भदौकै राति पुगेको दाबी गरेका छन् ।

शुक्रबार सम्पन्न काठमाडौं महानगरको कार्यपालिका बैठकमा बोल्दै उनले राति ८:१५ बजे दमकल घटनास्थलमा पुगेको र आगो निभाउने प्रयास गरिएको जानकारी दिए ।

“सिंहदरबारको आगो निभाउन दमकल २४ भदौको राति ८:१५ बजे पुगेको थियो । दुईवटा दमकलले पानी प्रयोग गरेर आगो निभाउने प्रयास गरेको हो,” जोशीले भने, “यसको प्रमाणहरू सम्बन्धित निकायमा बुझाइसकेका छौँ ।”

उनका अनुसार आगो लागेपछि विभिन्न स्थानबाट दमकल पठाउनका लागि फोन आइरहेका थिए, तर सीमित स्रोतले काम गर्न कठिन भएको उनले बताए ।

“हामीसँग जम्मा ५ वटा दमकल थिए । भीडको कारण र स्रोतको अभावले कहाँ–कहाँ पुर्‍याउने भन्ने ठूलो चुनौती थियो,” उनले थपे ।