ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

काठमाडौं महानगर बैठकमा मेयर बालेन र वडाध्यक्षबिच भनाभन

३१ आश्विन २०८२, शुक्रबार
३१ आश्विन २०८२, शुक्रबार

 काठमाडौँ, ३१ असोज ।

काठमाडौँ महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारबीच तीखो भनाभन भएको छ ।

नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न भाडा सम्झौता गर्ने प्रस्ताव पेस हुँदा दुबैबिच मतभेद चर्किएको हो । प्रस्ताव अनुसार, स्काउटको कार्यकारिणी समितिले महानगरलाई २६ नम्बर वडास्थित जग्गा भाडामा दिन सैद्धान्तिक सहमति दिइसकेको छ ।

तर वडाध्यक्ष तण्डुकारले “पहिला आफ्नै भवन निर्माणमा ध्यान दिनुपर्ने” भन्दै आपत्ति जनाए । “हामी अझै पनि भाडामा बसिरहेका छौँ । जनताको कर उठाएर जहिल्यै भाडा तिरेर बस्ने ? नगर प्रहरीलाई चाहिएको ब्यारेकसमेत बनाइएको छैन । पहिले आफ्नै घर बनाऔँ,” उनले भने ।

जवाफमा मेयर बालेनले महानगर भवन निर्माण तिहारपछि सुरु हुने जानकारी दिए । तर वडाध्यक्षले स्काउटको जग्गालाई लिएर अदालतमा मुद्दा विचाराधीन रहेको प्रसङ्ग उठाउँदै यस्तो अवस्थामा “किन सम्झौता गर्ने ?” भनेर प्रश्न उठाए ।

त्यसपछि बैठकमा दुबैबिच प्रतिप्रश्न, व्यङ्ग्य र तिक्त संवाद सुरु भयो । वडाध्यक्षले “साढे तीन वर्ष भइसक्यो, काम कहिले सुरु हुन्छ ?” भन्दै शङ्का व्यक्त गर्दा बालेनले “तिहार पछि होस् भन्न खोज्नु भएको कि नहोस् ?” भनेर प्रतिप्रश्न गरे ।

वडाध्यक्षले “छिटो बनोस् भनेको हो” भनी जवाफ दिए । बालेन भने तिहारलाई लिएर व्यङ्ग्य गर्दै बोले  “तिहार छिटै सकाइदिनुपर्‍यो अब मैले ?” “१० दिनको तिहार आजै कसरी सकाइदिनु त ?”

वडाध्यक्षले “आजै होइन, सुरुवात त गर्न पर्‍यो नि” भनेपछि, बालेनले “ल, ल, तिहारलाई चाँडै सक्किन भन्छु म हस्” भन्दै व्यङ्ग्य गरे ।वातावरण अझ तातिँदै गएपछि मेयर बालेनले अर्को प्रस्ताव अगाडि बढाउने निर्देशन दिए र बैठक अघि बढाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?